
२३ कात्तिक, काठमाडौं । दोलखामा बिहीबार बेलुका ४.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
बेलुका ७ बजेर ५६ मिनेटमा दोलखाको ओरङ्ग केन्द्रविन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पको धक्का दोलखा र आसपासका जिल्लामासमेत महसुस गरिएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्ने एकिन विवरण भने आइसकेको छैन ।
