नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं ।नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा बस र इलेक्ट्रिक हायस गाडी ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

आज शुक्रबार बिहान करिब ३ बजेको समयमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको हायस र नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा हायस बसमा सवार तीन पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतकहरुमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने वर्ष ४०÷४२ का राज बहादुर गुरुङको मात्र सनाखत हुन सकेको छ ।

फोटो स्रोत :अनलाइन खबर