
२३ कार्तिक,काठमाडौं।स्कुले विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाउने शैक्षिक कार्यक्रम ‘विद्यार्थी गुणीय चक्र’ (एसक्यूसी) को १८औं राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।
२४ कार्तिक देखि २६ कात्तिकसम्म काठमाडौंको नैकापस्थित ब्राइट फ्युचर माविमा उक्त सम्मेलन हुने आयोजक क्वेस्ट नेपालले जनाएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपालका ७४ विद्यालयका ५ सयभन्दा बढी विद्यार्थी, १ सय पर्यवेक्षक, श्रीलंकाबाट अन्तर्राष्ट्रिय पर्यवेक्षक,शिक्षक, प्राध्यापक,शिक्षाविद् लगायत सहभागी हुने आयोजकले जानकारी गराएको हो।
सम्मेलनमा ४ देखि १० कक्षाका विद्यार्थी सहभागी हुने र बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुदैछ ।
