
२३ कार्तिक काठमाडौं । अमेरिकी सेनाका तीन तारे लेफ्टिनेन्ट जर्नेल जोशुआ एम। रड काठमाडौं आएका छन् ।
अमेरिकी दूतावासले सार्वजनिक गरेको जानकारी अनुसार जर्नेल रड एक मरिन कर्प्सको सेमिनारमा काठमाडौं आएका हुन् । सेनिमार यही हप्ता हुनेछ ।
जर्नेल रडले नेपाल भ्रमणको क्रममा नेपाल सरकार तथा नेपाली सेनाका अधिकारीहरुसग पनि भेटघाट गर्नेछन ।उनी अमेरिकाको इण्डो प्यासिफिक कमाण्डका उप कमाण्डर हुन् ।
