
२५ कार्तिक,काठमाडौं। किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दलेकिराँत,भाषा,लिपि,संस्कार,संस्कृति एवं समाज सुधारमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए।जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ।
उनले समाज सुधारका लागि महत्त्वपूर्ण योगदान पु¥याएका थिए ।सामाजिक एवं सांस्कृतिक विकासको लागि उनले काम काम गरेका थिए।उनी सबै धर्म,सम्प्रदाय,जाति,समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन्।
महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा,लिपि,संस्कार संस्कृति,सम्मान शिक्षा,समाज सुधारका निम्ति किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिपरेका थिए।
किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो।किराँत समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो।
