आजको मौसम : यी प्रदेशका केही भ–ूभागमा वर्षा र हिमपातको सम्भावना

२६ कार्तिक,काठमाडौं ।हालसम्म पनि देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको  महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार भोलि मंगलबार पनि कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।