
२६ कार्तिक,काठमाडौं ।प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै विभिन्न चारवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ ।त्यस्तै, विभिन्न सातवटा सञ्चारमाध्यमलाई विशेष निगरानिमा राखेको जनाएको छ ।
आइतबार काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले सो निर्णय गरेको हो । काउन्सिलको निर्देशन नमान्ने,अटेर गर्ने,एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना,समाचार सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारबाही गरिएको काउन्सिलद्धार जारी विज्ञप्तिमार्फत जनाएको छ।
पछिल्लो समय भ्रामक सूचना सम्प्रषण गर्ने प्रबृति बढेको भन्दै काउन्सिलले विशेष निगरानि गरिरहेको पनि जनाएको छ ।यस अघि धेरै सञ्चारमाध्यम कालोसूचीमा परिसकेको समेत काउन्सिलले जनाएको छ।
एक साप्ताहिक,एक टेलिभिजन र दुई अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय गरेको छ।सााथै कालोसूचीमा राखेका सञ्चारमाध्यमको जानकारी सूचना तथा प्रसारण विभाग,विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका सञ्चार रजिष्ट्रारको कार्यालयलाई समेत दिएको पनि जनाएको छ ।
काउन्सिलले भ्रामक सूचना सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको पनि सूचनामा उल्लेख छ।
