रास्वपाका सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप

२६ कार्तिक,काठमाडौं ।सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि  चौथो पटक म्याद थप भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथी थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार आदेश दिएको हो ।

कात्तिक २ गते पक्राउ परेका उनीमाथि छानबिनका लागि सरकारले पहिलोपटक ५ दिनको म्याद थप गरेको थियो ।भने दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो ।

त्यस्तै तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो ।उनीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ ।