
१०, मंसिर काठमाडौं । नेकपा एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई(मधेश र देशभरिका जिल्लाका नागरिकलाई चिसोबाट बचाउने पूर्वतयारी गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभागका प्रमुख खिमलाल भट्टराईसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।
जाडोको समयमा न्यानो कपडा र दाउराको अभावमा मधेश लगायत देशभरिका विपन्न बस्ती र परिवारलाई बढी पीडा दिने गरेको भन्दै यसबारे पूर्वतयारी गर्न प्रधानमन्त्री ओलीसँग एमालेले आग्रह गरेको छ ।
