
२४,मंसिर काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवरले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्
भेटमा क्षेत्रीय सहयोग र सार्कको भूमिका, अवसर र चुनौती तथा समग्र क्षेत्रीय शान्ति र दिगोपन सम्बन्धमा छलफल भएको जानकारी उपराष्ट्रपतिको सचिवालयले दिएको छ । उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘तत्कालीन होनहार संस्थापक नेताहरुले हामीलाई सुम्पिएको जिम्मेवारी सजगता र सक्रियताका साथ निर्वाह गर्दै भावी पुस्तालाई शान्त र समृद्ध सार्क क्षेत्र हस्तान्तरण गर्न सक्नुपर्दछ ।’’
उपराष्ट्रपति यादवले सार्कका महत्वपूर्ण संयन्त्रहरूका बैठक नियमित आयोजना र १९ औं शिखर सम्मेलनको तदारुकताका साथ आयोजना गर्ने विषयको ठूलो महत्व रहेको उल्लेख गर्दै सार्कका संस्थागत निर्णयहरू कार्यान्वयन गर्न सदस्य राष्ट्रहरूको साझा प्रतिबद्धता र सहकार्य अपरिहार्य रहेको बताए ।
