एनपीएलमा आज पोखरा र काठमाडौँ तथा चितवन र जनकपुर भिड्दै

२९, मंसिर काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई वटा खेल हुँदैछन् । त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गुर्खाज तथा दिउँसो १ बजे चितवन राइनोज र जनकपुर बोल्ट्सले खेल्दैछन् ।

जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । आज खेल्ने अरू तीन वटा टोलीको पनि क्वालिफायर पुग्ने गणितीय सम्भावना कायमै छ ।