पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

३०, मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको जित सुनिश्चित भएको छ । ६९ वर्षे इतिहासमा महासंघले महिला नेतृत्व पाएको यो पहिलोपटक हो ।

केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा अधिकांश शर्मा नेतृत्वको प्यानलका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ ।कोषाध्यक्षमा भने रामकृष्ण अधिकारीले जित नजिक छन् । विष्ट प्यानलका उनी प्रेस सेन्टरका नेता हुन् ।

महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो । पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा मतदान सकिए लगत्तै मतगणना सुरु भएको थियो । आइतबार बिहानसम्म मतगणना लगभग सकिएको छ । तर मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।