अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन र डिजिटल मार्केटिङ प्रभावकारी बनाउन निर्देशन

१६, पुस काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रूपान्तरणका लागि काम गरिरहेको बताएका छन् ।

नेपाल पर्यटन बोर्डको २६औँ वार्षिकोत्सवका अवसरमा मन्त्री पाण्डेले पर्यटन विकासका लागि पर्यटनमैत्री नीति आवश्यक रहेको र यसैलाई मध्यनजर गरी सरकारको नयाँ पर्यटन नीति तयार भइरहेको बताए ।

अब छिट्टै नयाँ पर्यटन नीति आउने उनले बताए । उनले पर्यटन बोर्डलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणा आत्मसात् गर्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए ।