प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव संघीय सरकार मातहत हुनुपर्छ : लोक सेवा आयोग

१९, पुस काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सरकारका प्रदेश सचिव संघीय सरकारको मातहतमा राख्नुपर्ने प्रस्ताव गरेको छ।

शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले संघीयताको सुदृढीकरण र नेपाल सरकारलाई बलियो बनाउने उद्देश्यले यस्तो सुझाव प्रस्तुत गरेका हुन्।“नेपालको प्रतिनिधि प्रदेशले नगर्ने र नेपाल सरकारले गर्ने भएकाले संघीय सरकारलाई बलियो बनाउन यो आवश्यक छ,” अध्यक्ष रेग्मीले आफ्नो तर्क राख्दै भने।