सल्यानमा आमाले गरिन्आफ्ना दुई छोरीको हत्या

२५, पुस काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातालमा पूर्णिमा रानाले आफ्ना दुई छोरीको हत्या गरेको स्वीकार गरेकी छन् । प्रारम्भिक सोधपुछको क्रममा पूर्णिमाले छोरीहरुको हत्या स्वीकार गरेको सल्यान प्रहरीले बताए ।

बुधबार बिहान पूर्णिमाका ३ वर्ष र ६ महिनाका दुई छोरीहरु घरभित्रै मृत भेटिएका हुुन् । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले आमा पूर्णिमालाई घरबाटै नियन्त्रणमा लिएको हो ।

पूर्णिमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकि छिन् । उनीविरुद्ध बिहीबार जाहेरी दर्ता भएपछि औपचारिक रुपमा बयान लिने लगायतका प्रक्रिया अघि बढ्ने छ ।

यद्यपि प्रारम्भिक सोधपुछको क्रममा उनले पारिवारिक तनावका कारण छोरीहरुलाई घाँटी थिचेर मारेको बताएकी हुुन् । प्रहरीका अनुसार उनी आफैंले आत्महत्याको प्रयास समेत गरेकी थिइन् ।