आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

३, माघ काठमाडौं । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागलले जनाएको छ ।

गण्डकी प्रदेशको हिमाली भेगमा हिमपातको सम्भावना छ भने अन्य ठाउँमा आंशिक बादल मात्र लाग्ने पूर्वानुमान छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।यसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ ।