फेरी बढ्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ?

२९, माघ काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबारको तुलनामा रु ६ सयले बढेर एक लाख ७० हजार २ सय कायम भएको छ ।

सोमबार तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भएको हो ।