
२२, फागुन काठमाडौं । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ । संगठनका अध्यक्ष गणेश बस्नेत र इन्चार्ज राजेन्द्र गौतमले एक कार्यक्रमविच लोगो आज सार्वजनिक गरेका हुन् ।
प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन नेकपा (एमाले) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको गरिमामय प्रमुख आतिथ्यतामा (१०–११ चैत २०८१) कोशी प्रदेशको राजधानी विराटनगरमा हुनेछ ।
