प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै

५, चतै काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मंगलबार दुई खेल हुँदै छन् । आज बागमती प्रदेश र गण्डकी प्रदेशबीच सिद्धार्थनगर रंगशालामा खेल बिहान ९ बजेदेखि शुरु हुनेछ । प्रतियोगितामा बागमतीले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ भने गण्डकी प्रदेशले पनि एक जित र ३ हार बेहोरेको छ ।

त्यस्तै, आज अर्को खेल कर्णाली प्रदेश र कोशी प्रदेश भिड्दै छन् । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ ।