
७, चैत काठमाडौं । बलात्कार मुद्दाका एक थुनुवा ललितपुरको पाटन अस्पतालबाट फरार भएका छन् ।
प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद बुधबार दिउँसो फरार भएका हुन् । थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो । ‘शौचालय जान्छु’ भनेपछि प्रहरी कर्मचारीले हतकडी खोलेर पठाउँदा उनी भाग्न सफल भएका हुन् । उनको खोजी तीव्र पारिएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका स्थित बोझेपोखरीमा अछाम घर भएकी १७ वर्षीय किशोरीसँग उनी लिभिङ टुगेदरमा बस्दै आएका थिए । उनीहरूबाट एक महिनाअघि छोरी जन्मिएपछि किशोरीले जाहेरी दिएको प्रहरी अधिकृतहरू बताउँछन् । साउद १७ दिनदेखि प्रहरी हिरासतमा थिए ।
