काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु आदेश जारी

१५, चैत काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आज शुक्रबार अपराह्न ४स्२५ बजेदेखि राति १० बजेसम्म काठमाडौँ महानगरपालिकाको निश्चित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा हस्ताक्षरित यो आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लागू गरिएको हो ।

यो कर्फ्यु बानेश्व(तीनकुने क्षेत्रमा केन्द्रित छ, जहाँ गणतन्त्रवादी र राजतन्त्रवादी समूहहरूले प्रदर्शनको घोषणा गरेपछि तनाव बढेको थियो। कर्फ्यु लागू हुने क्षेत्रको चार किल्ला निम्नानुसार तोकिएको छ ।

गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म,कोटेश्वरदेखि जडीबुटी पुलसम्म,कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म,गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म ।

यो अवधिमा उक्त क्षेत्रभित्र कसैले आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा वा बैठक आयोजना गर्न र घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। प्रशासनले शान्ति र सुरक्षा कायम राख्न यो कदम चालेको जनाएको छ ।

नेपाल प्रहरीले कर्फ्यु क्षेत्रमा कडा निगरानी राख्न थप सुरक्षाकर्मी परिचालन गरेको छ । प्रमुख जिल्ला अधिकारी तिवारीले जारी गरेको विज्ञप्तिमा नागरिकहरूलाई कर्फ्युको पूर्ण पालना गर्न र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ ।