
१८, चैत काठमाडौं । नेकपा एमालेले गणतन्त्रको पक्षमा आज देशभर प्रदर्शन गरिरहेको छ ।
केही जिल्लामा मोटर साइकल र्याली निकालिएको छ भने बाँकी जिल्लाहरूमा प्रदर्शन निकालिएको छ । राजावादी गतिविधि बढेको भन्दै एमालेले व्यवस्थाको पक्षमा यो महिनाभर जनप्रदर्शनको कार्यक्रम राखेको छ ।
जस अन्तर्गत आज जिल्ला स्तरीय जनप्रदर्शन भइरहेको केन्द्रीय सदस्य रमेशकुमार पौडेलले बताए । ‘गणतन्त्रको पक्षमा एमालेको शक्ति प्रदर्शन भइरहेको छ । जनता राजतन्त्रको पक्षमा छैन भन्ने सन्देश दिइरहेका छौं,’ उनले भने ।
