
२६, चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा संविधान संशोधन हुने बताएका छन् । मंगलबार मधेस प्रदेश सभाको चौथो अधिवेशनको २१ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसका लागि गृहकार्य भइरहेको बताए ।
उनले उपयुक्त समयमा संविधान संशोधनका लागि एउटा समिति बनाएर अगाडि बढ्ने प्रस्ट पारे । ‘बेलाबखतमा संविधान संशोधन भइरहने कुरा पनि हो ।
त्यसैले व्यवस्थालाई व्यवस्थित गर्नका लागि संविधान संशोधन गर्नुपर्ने देखिएको हो,’ उनले भने, ‘हामीले संविधानलाई बलियो बनाउन, अहिलेको व्यवस्थालाई मजबुत बनाउन संशोधन गर्न लागेका हौँ ।’ सर्वपक्षीय सहमतिका माध्यमबाट यो काम हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
