
२६, चैत काठमाडौं । राप्रपाले बल्खुमा आयोजना गरेको सभास्थलबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोप छ ।
उनीहरुको परिचय खुलेको छैन । तर प्रहरी र राप्रपा दुवैतर्फबाट केही व्यक्तिहरु नियन्त्रणमा रहेको पुष्टि भने भएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले केही मान्छेहरुलाई नियन्त्रणमा लिएको बताए । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि सभास्थलमा होहल्ला गर्न खोजेपछि केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताए ।
