फेरी बढ्यो सुनको, आज कतिमा हुदैँछ कारोबार ?

२७, चैत काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरी बढेको छ । बुधबार सुन तोलामा २ हजार रुपैयाँले बढेर एक लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको थियो ।