वायु प्रदूषण : मोबाइल र कम्प्युटर चलाउँदा आँखा निम्तिन्छ थप समस्या

२७ चैत काठमाडौं । वितग केही समययता वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै गएको छ । वायु प्रदूषणले शरीरका सम्पूर्ण भागमा असर गरेपनि विशेषगरी, आँखा र श्वासप्रश्वासमा बढी प्रभाव पार्ने चिकित्सकहरु बताउछन् ।

वायु प्रदूषण बढेसँगै आँखा पोल्न, आँखा रातो हुने, चिलाउने जस्ता समस्या बढ्दो क्रममा छ । यस्तो समस्या बिहानभन्दा दिउँसो र बेलुकाको समयमा बढी देखिन्छ । रोड  छेउमा काम गर्ने, पसलमा बस्ने वा धेरै धुलोको एक्स्पोज हुने मानिसमा यस्तो समस्याबाट बढी प्रभावित हुने गरेको चिकित्सक बताउँछन् ।

वायु प्रदूषणको कारण आँखाबाट आँसु आइरहने, आँखा पोल्ने, आँखा रातो हुने, चिलाउने दुख्ने जस्ता समस्या लिएर बिरामी अस्पताल पुग्ने गरेको छ । यस्तो समस्या अन्य समयको तुलनमा चैत, वैशाखमा बढी देखिने गर्छ । यो मौसममा फुल फुल्ने हुँदा फुलको कणले एलर्जी हुने बिरामी बढ्ने गर्छन् । एलर्जी हुने बिरामीलाई प्रदूषण झन जटिल समस्या निम्त्याउने बताउँछन् ।

डा।ढुङ्गेलले वायु प्रदूषणमा कार्बन मोनोक्साइड, नाइट्रेस अक्साइड हुने हुँदा आँखामा सामान्यदेखि जटिल समस्या निम्त्याउने बताउछन् । प्रदूषणका कारण आँखाबाट आँसु बग्ने, आँखा पोल्ने, आँखा रातो हुने चिलाउने, दुख्ने र आँखाको डिल सुनिने जस्ता तत्कालीन समस्या देखिने उनको भनाइ छ ।