
२८ चैत्र,काठमाडौं । नेपाल र भारत भन्सारका उच्च अधिकारीहरूको बैठक काठमाडौंमा सुरु भएको छ ।
नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप प्रभावकारी बनाई अवैध व्यापार र राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूको बैठक सुरु भएको भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीले बताए ।
बैठकमा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम उपलब्ध गराउनेबारे छलफल हुने पनि उनले जानकारी दिए ।
‘
