सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

१२, वैशाख काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको भएको हो ।

बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम रहेकोमा शुक्रबार एक लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजोको तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा कारोबार भएको हो ।