सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

१८, वैशाख काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेर एक लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ कायम छ।