गणतन्त्र दिवसमा एमालेको सांस्कृतिक झाँकीसहितको र्‍याली

१५,काठमाडौं, जेठ । नेकपा (एमाले) ले गणतन्त्र दिवसको अवसरमा सांस्कृतिक झाँकीसहितको र्‍याली निकालेको छ ।
बिहीबार एमालेले आयोजना गरेको र्‍याली कार्यक्रम स्थल भृकुटीमण्डप पुगिरहेको छ ।

र्‍याली भृकुटीमण्डपमा पुगेर कोणसभा परिणत हुने छ । एमालेका कार्यकर्ताहरूले भृकुटीमण्डपमा भेला भएर टुँडिखेल परिक्रमा गरिरहेका छन् । एमालेले दिउँसो २ बजेसम्म रत्नपार्क आसपास र्‍याली प्रदर्शन गर्ने छ । त्यसपछि राजावादीहरूलाई प्रदर्शन गर्न दिने प्रशासनको तयारी छ ।

एमालेको र्‍यालीमा महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, जनसङ्गठन समन्वय प्रमुख भानुभक्त ढकाललगायत नेता सहभागी छन् ।