
१५, जेठ काठमाडौं । नेकपा एमालेका नेता (कार्यकर्ताहरूले गणतन्त्र दिवसको दिन प्रतिकात्मक तरबार र ढालसहित प्रदर्शन गरेका छन् ।
आज काठमाडौँमा गणतन्त्र दिवसलाई उत्सवमय रूपमा मनाउन भन्दै प्रदर्शनमा उत्रिएकाहरूले तरबार र ढालसहित विभिन्न ठाउँबाट प्रदर्शन निकालेको हो । प्रदर्शनमा उत्रिएकाहरूले गणतन्त्र जिन्दाबाद, नेकपा एमाले जिन्दाबाद लगायतका नाराहरू लगाएका छन् ।
सोही र्यालीमा एमाले नेताकार्यकर्ताहरु सांस्कृतिक झाँकीसहित सहभागी छन् । प्रदर्शनपछि काठमाडौँको भृकुटीमण्डपमा एमालेले सभा गर्दै छ ।
