
१६, जेठ काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा राजावादीहरूले आज पनि प्रदर्शन गर्ने भएका छन् ।
उनीहरूले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन् । राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाको मागसहित उनीहरूले बिहीबार शान्ति बाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए ।
यस्तै उनीहरूले संघीयता खारेजीको माग राखेका छन् । अनिश्चितकालीन आन्दोलन गरिरहेका राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् ।
