मेडिकल लाइसेन्स परीक्षामा ७८ प्रतिशत उत्तीर्ण

१६, जेठ काठमाडौं । नेपाल मेडिकल काउन्सिलको (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

परीक्षाको नतिजाअनुसार कुल ७७.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा कुल २ हजार ९० जना परीक्षार्थी दर्ता भएकामध्ये २ हजार ७७ जनाले परीक्षामा सहभागिता जनाएका थिए ।

१३ जना परीक्षार्थी अनुपस्थित रहेको काउन्सिलले जनाएको छ । मेडिकल र डेन्टल दुवै कार्यक्रम समावेश गरिएको यस परीक्षामा मेडिकल क्षेत्रतर्फ १ हजार ६११ जना दर्ता भएकामध्ये १ हजार ६०० जनाले परीक्षा दिएका थिए ।

तीमध्ये १ हजार २२६ जना उत्तीर्ण भएका छन्, जुन ७६.६२ प्रतिशत सफल भएका छन् । डेन्टल क्षेत्रतर्फ ४७९ परीक्षार्थी दर्ता भएकामध्ये ४७७ जनाले परीक्षा दिएका थिए । तीमध्ये ३९४ जना उत्तीर्ण भएका छन्, अर्थात ८२.६० प्रतिशत सफल भएका छन् ।