मधेशमा छिट्टै काँग्रेस नेतृत्वमा सरकार बन्छ : देउवा

२३,जेठ धनुषा । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै काँग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै आलोपालोको सहमतिअनुसार छिट्टै काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताए। “आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, काँग्रेस नेतृत्वमा सरकार बन्छ”, उनले भने ।