
२५, जेठ काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्लो समय एमाले पार्टीप्रति भ्रम छर्ने कोशिस भइरहेको बताएका छन् ।
नेकपा (एमाले) ओखलढुंगा–लिखु सम्पर्क मञ्चको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले एमाले पार्टी देश र जनताप्रति सधै उत्तरदायी रहेको बताएका हुन् । उनले एमालेले तीनवटा विषय कहिल्यै नगर्ने बताए । उनले एमालेले जन्मसिद्ध नागरिकलाई कहिल्यै पनि शासन चलाउने अधिकार नदिने प्रतिबद्धता व्यक्त गरे ।
उनले दोस्रोमा एमाले वंशको परम्पराको आधारमा शासन चलाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । वंशलाई आधार मानेर शासन चलाउन दिने पक्षमा एमाले कहिल्यै नरहेको र अब पनि नरहने स्पष्ट पार्दै पोखरेलले पूर्वराजा पक्षको सपना पूरा नहुने बताए । एमाले नेता पोखरेलले एमाले पार्टी कहिल्यै पनि अनिर्वाचित सत्ताको पक्षमा नरहेको बताएका हुन् ।
उनले राजाको पालामा र अहिलेको तुलना गर्दा देशमा तीब्र विकास भइरहेको भन्दै एमाले अनिर्वाचित सत्ताको पक्षमा नरहेको बताए । राजाको पालामा विकास नभएको भन्दै अहिले प्रतिव्यक्ति आय बढेको बताए । नेता पोखरेलले नेपाली काँग्रेससँग राणाविरोध आन्दोलनदेखि एमालेले सहकार्य गर्दैआएको बताएका छन् ।
उहाँले २०१७ साल, २०३६ साल, २०६२–६३ सालमा पनि नेपाली काँग्रेससँग मिलेर आन्दोलन गरेको चर्चा गरे । एमालेले रास्ट्रियता, स्वाधिनता केन्द्रीत भएको कारणले एमालेमाथि प्रहार भएको बताएको हो । उनले एमाले नहुने हो भने रजगज गर्छौ भन्ने शक्ति एमाले विरुद्धमा लागेको बताएका छन्।
