सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

२७,जेठ काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ९० हजार कायम भएको हो ।

यस्तै चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।