प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित

१, असार काठमाडौं । प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधिसभाको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रतिवेदन पेस गरे । त्यस्तै राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा पुगेको ‘पानी जहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१’ टेबुल भयो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गरे ।