
१४ असार,काठमाडौं । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्माओलीले मदन भण्डारीको विचारलाई मियो मानेर देश अगाडि बढिरहेको जिकिर गर्नुभएको छ ।
मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको राजनीतिमा जबजको असाधारण योगदान रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘जबजको पृष्ठभूमि र त्यसको आधारका विचार तय गर्ने कुरामा मदन भण्डारीको अगुवाइ थियो ।
मदन भण्डारी महासचिव बन्ने कुरामा हाम्रो अगुवाइ थियो, ।’ ‘किनभने मदन भण्डारीले म महासचिव बन्छु भन्नुभएको थिएन । हामीले नै बनाएका थियौं । छलफल विश्लेषण गरेर निष्कर्ष निकालेर हामीले बनाएका थियौं ।’
हामीले मदन भण्डारीलाई महासचिव नबनाएको भए ती उपलब्धि हुन सक्दैनथे ।’ मदन भण्डारीको मृत्यु भएपछि जबजका आवाजको बढी चर्चा भएको पनि उहाँको भनाई थियो ।
