तुइन चुँडिएर महाकालीमा एक युवक बेपत्ता,खोजी कार्य जारी

३१ असार,कैलाली । महाकाली नदीमा तुइन चुँडिएर एक युवक बेपत्ता भएका छन्।

दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा तुइन चड्ने क्रममा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् ।

मंगलबार दिउँसो  तुइनमार्फत भारततर्फ जाँदै गरेका बुढाथोकी चढेको तुइन अकस्मात चुँडिएपछि उनी सीधै नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।

 घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले खोजी कार्य थालेको छ। 

दार्चुलाका सीमावर्ती बस्तीहरूमा अहिले पनि तुइनकै भरमा नदी पार गर्ने जोखिमपूर्ण बाध्यता छ।