आजको मौसम पूर्वानुमान : यी चार प्रदेशमा अत्यधिक वर्षा हुने सम्भावना

साउन २,काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने र कोशी,वाग्मती,गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी,वाग्मती,गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावा हुरीको सम्भावना छ ।

त्यसैगरी,आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी प्रदेश,मधेस प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

यसर्थ सम्भावित वर्षाका कारण बाढी पहिरो तथा गेग्र्यान बहाव र  डुबानको जोखिम रहेको बताउँदै महाशाखाले  सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।