चितवनमा आज ६ घण्ट लोडसेडिङ हुने,तालिका सार्वजनिक

११ साउन, चितवन । नेपाल विद्युत प्राधिकरणले चितवनमा आज आइतबार हुने लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।

भरतपुरस्थित १३२ः३३ केभी सब स्टेशनबाट वितरित विद्युत् लाइनमा अत्यधिक लोड भएको भन्दै तीनवटा मुख्य फिडरहरूमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो ।

अत्यधिक गर्मीका कारण वर्षा नभएपछि निम्नानुसारका तीन फिडरहरुमा विद्युत अवरुद्ध हुने जनाइएको छ ।

१) नारायणी (माडी) फिडरहरू – बिहान ६ देखि ९ र दिउँसो ३ देखि ६ बजेसम्म

२) मेघौली (विजयनगर, शुक्रनगर) फिडरहरू – बिहान ९ देखि १२ र बेलुका ६ देखि ९ बजेसम्म

३) जगतपुर (रामपुर) फिडरहरू – दिउँसो १२ देखि ३ र राति ९ देखि १२ बजेसम्म

प्राधिकरणका अनुसार निर्धारित समयभन्दा अगाडि नै विद्युत आपूर्ति हुनसक्ने पनि बताएको छ ।