रोटरी क्लब अफ काठमाडौं नर्थद्वारा कलामसीमा वृक्षारोपण,देशभर ५० हजार विरुवा रोपियो

सीता पौडेल (अर्चना) ११,साउन भक्तपुर।रोटरी क्लब अफ काठमाडौं नर्थले भक्तपुरको सूर्यविनायक नगरपालिका–६,कलामसी क्षेत्रमा वृक्षारोपण  गरेको छ।

रोटरी वर्ष २०२५ ÷२६ को शुभारम्भको अवसरमा शनिबार आयोजित कार्यक्रममा विभिन्न प्रजातिका करिव २०० वटा विरुवा रोपिएको रोटरी क्लब अफ काठमाडौं नर्थका प्रेसिडेन्ट प्रदिप थापाले जानकारी दिए।

‘रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले सामाजीक सेवामा प्राथमिकता दिएको सात प्रमुख कार्यक्षेत्रमध्ये वातावरण संरक्षण एक महत्वपूर्ण क्षेत्र हो।यस अभियानमार्फत वातावरण संरक्षण र प्रबद्र्धनका लागि समुदायमा हरियाली विस्तार र सचेतना फैलाउने हाम्रो उद्देश्य हो ’ प्रेसिडेन्ट थापाले भने।

प्रेसिडेन्ट थापाका अनुसार जलवायु परिवर्तनका चुनौतीहरूलाई कम गर्ने थप उद्धेश्यकासाथ क्लबले यो अभियानलाई थप सशक्त बनाउँदै लगेको हो ।

क्लबले विगतका वर्षहरूमा पनि यस्ता कार्यक्रमहरू गर्दै आएको र यसलाई निरन्तरता दिइने प्रेसिडेन्ट थापाले बताए । 

यसैबीच,रोटरी डिस्टिकका अनुसार यस वर्ष देशभरका १५६ वटा रोटरी क्लबमार्फत करिब ५० हजार विरुवा रोपिएको छ।रोटरी डिस्टिक नेपालले वातावरणको संरक्षणलाई सामाजिक उत्तरदायित्वको रूपमा लिएको उल्लेख गरेको छ ।

क्लबले वृक्षारोपण गरिएको कलामसी परिसरमा १०८ फिट अग्लो शिवमूर्ति निर्माण हुन लागेको हुनाले त्यसठाउँमा वृक्षारोपण गरिएको र यस अघि त्यस क्षेत्रमै रोपेका विरुवाहरुको थप रेखदेखको लागि स्थानीय बासिन्दालाई नै जिम्मा दिएको क्लबका सेक्रेटरी डा. वंशी शर्माले बताए । 

वृक्षारोपण कार्यक्रममा क्लबका पदाधिकारी एवं सदस्यहरुसहित रोटरी क्लब अफ काठमाडौं नर्थ अन्तर्गतका चारवटै रोट¥याक्ट क्लब (रोट¥याक्ट क्लब अफ काठमाडौं नर्थ,रोट¥याक्ट क्लब अफ केएमसी,रोट¥याक्ट क्लब अफ केडीसी र रोट¥याक्ट क्लब अफ रिलायन्स कलेज) का प्रेसिडेन्टहरू लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थानीयले रोटरीको प्रयासलाई सकारात्मक रूपमा लिएको बताउँदै यस्ता अभियानले स्थानीय स्तरमै वातावरणप्रति सचेतना बढाउने विश्वास क्लबको छ ।

रोटरीको यस प्रकारको वातावरणप्रेमी अभियानले हरियाली प्रवर्द्धन गर्दै सामाजिक परिवर्तनमा समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ।