घट्यो पेट्रोलियम पदार्थको मूल्य

१६ भदौ,काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमले आइतबार राती प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जनाएको हो ।

सोमबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रति लिटर रु. ४, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. १ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाइएको आयल निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।