नेपालका प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता,ससिओ प्लसको शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै

१६ भदौ,थियानजिन ।सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओस जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा,पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा,परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी थिए।

चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा हिजो आइतबार शुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ ।

आजै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन,गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु,लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता हुनेछ ।
प्रधानमन्त्रीओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई आज सम्बोधन गर्ने कार्यक्रम छ ।