
२९ भदौ,काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले आज ११ बजे पदभार ग्रहण गर्ने भएकी छन् ।
उनी गत शुक्रवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथग्रहण गरेकी थिइन्।
कार्कीले सिंहदरबारभित्रै रहेको गृह मन्त्रालयको नयाँ भवनको कार्यालयमा पदभार ग्रहण गर्न लागेकी हुन्।
