
२९ भदौ, काठमाडौं । अन्तरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज ११ बजे पदभार ग्रहरण गरे लगत्तै सानो आकारको मन्त्रिपरिषद् विस्तारको पनि तयारी गरेकी छन् ।
उनले मन्त्री नियुक्तिका लागि छलफल गरिरहेकी छन् ।आजै मन्त्रीको नामावली टुंगो लगाउने र नियुक्ति गर्ने उनको तयारी छ।
जेनजी आन्दोलनले सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।त्यसै दिन शपथ लिएर उनले संसद विघटन गरेकी थिइन्।
प्रधानमन्त्री कार्कीले शनिबार आन्दोलनका घाइतेहरुलाई अस्पताल पुगेर भेटेर शिघ्र स्वास्थ्यलाभको कामना गर्दै जेनजी आन्दोलनको मर्म अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन्।
