बिपी राजमार्ग आजदेखि २४ सै घण्टा सञ्चालनमा

१ असोज,काठमाडौं । रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्ग आजदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैं, तिहार लगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो ।

कार्यालयद्वारा सोमबार जारी सार्वजनिक सूचना अनुसार गत असार पहिलो सातादेखि रातिको समयमा पूर्ण रूपमा रोक लगाइएकोमा अब भने खुल्ने भएको छ ।