बिल बिनाका सामान किनबेच नगर्न प्रहरीको अनुरोध

१  असोज, काठमाडौं । बिल बिनाका सामानहरु किनबेच नगर्न प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै बिना बिलका सामानहरु किनबेच नगर्न अनुरोध गरेको होजेनजीको आन्दोदनमा तोडफोड गर्दै लुटपाट भएकाले त्यस्ता सामानहरु किनबेच हुनसक्ने भन्दै प्रहरीले यस्तो अनुरोध गरेको हो ।

बिल  बिनाका सामानहरु किनबेच भएमा प्रचलित कानून बमोजिम कारबाही गरिने परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।