
३ असोज ,चितवन । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
जिल्लाप्रहरी कार्यालय चितवनका अनुसार गए राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
अवरुद्ध सडकको पहिरो पन्छाइ आज बिहान ७ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिएका छन् ।
