पहिरोका कारण तुइन खोलामा पर्ने नारायणगढ–मुग्लिन सडक अवरुद्ध

४ असोज,चितवन।नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ ।

सडक डिभिजन कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् ।शुक्रबार साँझ ६ स् ०० बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन् ।

थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको छ ।

फाइल फोटो